घटना

बैतडीको पञ्चेश्वरमा एक सुत्केरी महिलाको मृत्यु 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बैतडीः बैतडीको पञ्चेश्वरमा एक सुत्केरी महिलाको मृत्यु भएको छ। पञ्चेश्वर गाउँपालिका–१ शेरीकी १८ वर्षीया मनिषा घटालको मृत्यु भएको हो। 

सोमवार दिउँसो मृत बच्चालाई जन्म दिएकी घटालको अत्यधिक रक्तश्रावका कारण मंगलवार साँझ मृत्यु भएको पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले बताए। घरमै सुत्केरी भएकी घटालले पेटभित्रै मरेको बच्चालाई जन्म दिएकी थिइन्।

बिज्ञापन

त्यसपछि उनलाई रक्तश्राव भएको र स्वास्थ्य संस्था नलाग्दा उनको अकालमै ज्यान गएको बुझिएको छ। वर्षातका कारण पहिरोले बाटोघाटो अवरुद्ध हुँदा सुत्केरी महिलालाई स्वास्थ्य संस्थामा पुर्याउन नसकेको मृतकका आफन्तले जनाएका छन्।

गाउँ नजिकैको शेरी बर्थिङ सेन्टर समेत बन्द हुँदा झन् समस्या भएको बताइएको छ। मनिषालाई रक्तश्राव हुँदा स्वास्थ्य संस्थामा लैजानुको सट्टा धामीझाक्रीको भर पर्दा उनको ज्यान गएको बुझिएको छ। ग्रामीण क्षेत्रमा अझै पनि धामीझाक्रीको भरपर्ने अन्धविश्वासले समस्या हुने गरेको पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सार्कीले बताए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।