घटना

भारतबाट चोरी गरेको सुन डोटी प्रहरीले फिर्ता गर्न लगायो, २ जना पलियामा पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः भारतबाट चोरेर ल्याएको सुन जिल्ला प्रहरी कार्यालय डोटीले फिर्ता गर्न लगाएको छ।

भारतबाट चोरेर डोटी पुगाइएको सुन प्रहरीले फिर्ता गर्न लगाएको हो। भारतको राजस्थान राज्य नागौर किशनगढ जिल्ला परवतसरको एक घरबाट सुन चोरेर डोटी पुगाइएको थियो। चोरेर ल्याइएको ४१५ दशमलव ३७ ग्राम सुन जिल्ला प्रहरी कार्यालय डोटीले बिहीबार सुनधनी महेन्द्र सिंहलाई फिर्ता गराएको छ।

बिज्ञापन

जिल्लाको दिपायल–सिलगढी नगरपालिका–२ का २४ वर्षीय रविसिंह भनी चिनिने कैलाश ढोलीले गत जेठ १४ गते महेन्द्र सिंहको घरबाट चोरी गरेर ल्याएको उक्त सुन असार २१ गते प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माले बताए।

भारतबाट सुनचाँदी र नगद चोरी गरेर नेपाल आउन लागेका दुई जनालाई भने भारतको पलियामा पक्राउ गरेर उतै मुद्दा चलेको र नेपाल आएका कैलाशलाई अनुसन्धानको दायरामा ल्याउँदा ४१५ दशमलव ३७ ग्राम सुन बरामद भएको प्रहरी उपरीक्षक शर्माले बताए। ‘त्यतिबेला प्रहरीले कैलाशबाट सुन बरामद गरेर धनगढीस्थित एक बैंकको लकरमा राखिएको थियो। आज सो सुन सुनधनीलाई बुझाइएको छ।’ सुनधनी आफ्नो सुन लिन यहाँ डोटी नै पुगेको उनले बताए।

महेन्द्रको घरमा काम गर्ने कैलाशले घरधनी घुम्न गएको बेला चोरी गरेर भागेका थिए। २०७८ माघ २६ गतेको सचिव स्तरको निर्णय र सोही निर्णयको आधारमा गृह मन्त्रालय स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाको पत्राचार अनुसार सम्बन्धित व्यक्ति महेन्द्र सिंहलाई सुन हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ। महेन्द्रले भारतमा पक्राउ परेका दुई जनाबाट दुई सय ग्राम र डोटीबाट पक्राउ परेका एक जनाबाट ४१५ दशमलव ३७ ग्राम सुन प्राप्त भएको बताए। प्रहरीले सुन जनप्रतिनिधिको रोहोवरमा हस्तान्तरण गरेको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।