पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच सहृदयी भेट
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकसँग भेटवार्ता गरेका छन् । भुटानी राजाको राजप्रसादमा हिजो भेटवार्ता भएको हो ।
भुटानी राजाले नेपालका पूर्वराजालाई न्यानो अंकमालसहित स्वागत गरेका थिए । त्यस अवसरमा पूर्वराजाकी सुपुत्री प्रेरणा र भतिजी शिताष्माको पनि उपस्थिति थियो ।
बिज्ञापन

भुटानी राजाको निम्तोमा पूर्वराजा ज्ञानेन्द्र ५ सदस्यीय टोलीसहित भुटानको औपचारिक भ्रमणमा गएका थिए ।
उनी आज बिहान स्वदेश फर्किएका छन् । भुटान सरकारले पूर्वराजालाई विशेष स्वागत सत्कार गरेको थियो ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
