जनताको अपेक्षाअनुसार परिवर्तन गर्न आएका हौं, हामीले कुनै चन्दादातालाई बोक्न पर्दैन: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एउटा राजनीतिक दल आफूलाई सत्तामा पुग्नमात्रै तयार गर्ने परिपार्टीलाई परिवर्तन गर्ने ध्येयले रणनीतिक रुपमा पार्टीका विभागहरुलाई सक्रिय बनाएको बताएका छन् ।
रास्वपाद्वारा ‘दुग्ध क्षेत्रको विकास’ विषयक नीति-मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले परिवर्तन गरेको अपेक्षा अझै अधुरै रहेकाले आफूहरु राजनीतिमा आएको बताए ।

उनले भने, ‘एउटा राजनीतिक दल आफूलाई सत्तामा पुग्नमात्रै तयार गर्ने परिपार्टीलाई परिवर्तन गर्ने ध्येयले हामी रणनीतिक रुपमा विभागहरुलाई सक्रिय पारिररहेका छौं । जनताले परिवर्तनको अपेक्षा गरेका छन् । सत्ता र पात्र परिवर्तनको घटना हामीले हे¥यौं, तर त्यस पछाडिको रुपान्तरणको प्रक्रिया अधुरै रहेको छ । त्यसैले हामीले भ्रातृ संगठनलाई सक्रिय नबनाइ विभागहरुलाई सक्रिय बनाउने नीति बनाएका छौं ।’
जनताले बहुमत प्राप्त गरेर सरकारको नेतृत्वमा पुग्दा पार्टीका विभागहरुले सहयोग गर्ने उनको भनाइ छ । उनले किसान लक्षित गर्दै नीति बनाउन पार्टीले नीति मन्थन कार्यक्रम राखेको बताए ।
लामिछानेले थपे, ‘हामीलाई कुनै चन्दादाताका लागि नीति बनाइदिनु पर्नेछैन। त्यो बाध्यता छैन । किसानलाई आवश्यक नीति बनाउन हामीलाई कसैले रोक्न सक्दैन ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
