घटना

हात बाँधिएको र अचेत भएको अवस्थामा महिला फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सिन्धुली । शनिबार राती अचेत अवस्थामा हात बाँधिएको अवस्थामा एक महिला दुधौलीको सडकमा फेला परेकी छिन । महिलाको हात उनैले लगाएको विन ज्याकेटले बाँधेको र सडकमा लगिरहेको अवस्थामा दुधौली नगरपालिका वडा नं. ८ खोरभञ्ज्याङमा फेला परेकी हुन ।

भेटिएकी महिला सिरहाको जिरो माईल घर भएकी ३५ वर्षिय सुनिता यादव मदनभण्डारी राजमार्गबाट उत्तरतर्फ १० किलोमिटर भित्री सडकमा उनी लडिरहेको अवस्थामा फेला परेकी हुन । करीब साढे दश बजे राती महिला हात बाँधेर लडीरहेको भनि प्रहरीले खबर पाएपछि प्रहरीले सुनिताको उद्धार गरिएको छ ।

बिज्ञापन

अचेत अवस्थामा फेला परेकी ती महिलाको उद्धारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो भने डकाहाबाट पनि प्रहरी टोली घटनास्थल पुगेको थियो । यादवको राती नै उद्धार गरि दुधौली नगर अस्पतालमा उपचार भईरहेको छ । महिलाको उपचारपछि होस आईसकेको भए पनि घटना कसरी भयो भन्ने ’boutमा उनले केहि खुलाएकी छैनन् । घटनाको अनुसन्धान भईरहेको एसपी काफ्लेले बताए ।

उनको होस आएपछि उनको माइती परिवारलाई खबर गरिएको र परिवारका सदस्य आईपुगेको एसपी काफ्लेले बताए । उनीमा शारीरिक चोट नदेखिएको काफ्लेले बताएका छन । परिवारिक श्रोतका अनुसार उनी काठमान्डौको किर्तिपुरमा एक छोरा सहित बस्दै आएकी र करीब ३ सातादेखि कोठाबाट हराईरहेकी थिईन । घटनाका ’boutमा सुनिताले केहि बोलेकी छैनन । उनको उपचार भइरहेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।