सातामा नियमित ३ उडान ,टीकापुर एयरपोर्ट संञ्चाालन पुरानो देखी नयाँ वृतान्त

कैलाली जिल्लाको टीकापुरमा रहेको हवाईमैदान पुनः संचालनमा आए संगै अब तारा एयरले हप्ताको ३ दिन आइतबार ,मंगलबार , र बिहीवार यात्रुलाई काठमाडौ बाट नेपालगन्ज हुदै टीकापुर र टीकापुर बाट काठमाडौ पुर्याउने गरेको छ ।
लामो समय बन्द रहेको टीकापुर एयरपोर्ट पुनः संचालनमा आए पछी टीकापुर नगरपालिका ,जानकी गाउँपालिका ,जोशीपुर गाउँपालिका, भजनी नगरपालिका , घोडाघोडी नगरपालिका कैलारी गाउँपालिका लगायतका पुर्वी कैलाली क्षेत्र रबर्दिया जिल्लाको गेरुवा गाउँपालिका ,राजापुर लगायतका ठाउँ हरुका स्थानीय हरुमा निकै खुसी छाएको छ।

२०४६ सालदेखि बन्द भएको टीकापुर विमानस्थल मंसिर ३० गतेदेखि नियमित सञ्चालनमा आएपनी एयरपोर्ट सुरक्षादेखी टावर लगायत भौतिक संरचना मर्मत ,रनवे कालोपत्र लगायतका कामपूरागर्न भने बाकी छन ।टीकापुर नगरपालिकाको सक्रियतामा संचालनमा आएको एयरपोर्ट लाई यो अवस्था सम्म पुर्याउन निम्ति अनुसारका कार्य हरु भएका थिए ।
१)२०६१ साल साउन २ गते मुक्त कमैया दिवसको अवसर पारेर मुक्त कमैयाहरुले टिकापुर एयरपोर्टमा कब्जा गरेर बसोबास सुरु गरेका थिए
२)२०६१ सालदेखि २०६७ सालसम्म ४०३ जना मुक्त कमिया परिवारले बसोबासले गर्दै आएका थिए।
३)टिकापुर मा विमानस्थल सञ्चालन गर्नुपर्छ भनेर २०६७ साल पौष १६ गते टिकापुरमा पत्रकारहरूको अगुवाइमा एक बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो।
४)सो अन्तरक्रिया कार्यक्रमको अध्यक्षता तत्कालीन नेपाल पत्रकार महासंघ कैलालीका उपाध्यक्ष भुवनेश्वर अधिकारीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन पत्रकार एकेन्द्र तिमिल्सिना तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पत्रकार मात्रिका तिमिल्सिनाले गर्नुभएको थियो।
५)सोभेलाको स्थानीय रेडियोहरू सामुदायिक रेडियो टिकापुर एफएम , फुलबारी एफएम तथा हाम्रो मालिका एफएम लम्की ले प्रत्यक्ष प्रसारण गरेका थिए।
६)सो भेलाले टिकापुरका व्यवसायी टिकाराम जैसीको संयोजकत्वमा टिकापुरमा रहेका सबै राजनीतिक दलहरुका प्रतिनिधि पत्रकार महासंघका प्रतिनिधि टिकापुर उद्योगवाणिज्य संघका प्रतिनिधि तथा नागरिक समाज बाट समेत प्रतिनिधित्व हुनेगरी टिकापुर विमानस्थल अध्ययन निर्माण तथा सञ्चालन समिति गठन गर्ने निर्णय गर्यो।
७)समितिले नेपाल नागरिक उडयन प्राधिकरणलाई टीकापुरमा एयरपोर्ट निर्माण र सञ्चालन गर्नका लागि माग गर्ने निर्णय गर्यो र सो निर्णय लिएर पर्यटन मन्त्रालयमा तत्कालीन कैलाली क्षेत्र नम्बर १ का संविधानसभा सदस्य रूपा चौधरी र भगत बढुवाल लगायतका संविधानसभाका सदस्यहरू पर्यटन मन्त्रालय पुग्नुभयो।
८) माननीयहरूको डेलिगेसन पछि तत्कालीन पर्यटन सचिव किशोर थापाले टीकापुरमा एयरपोर्ट रहेको स्थान जो तत्काल मुक्तकम्याले कब्जा गरेर बसोबास गरिरहेका थिए सो ठाउँबाट मुक्त कमिया हरुलाई अन्यत्र सारेमा मन्त्रालयले एयरपोर्ट निर्माणका लागि बजेट विनियोजन गर्ने जानकारी गरायो।
९) मन्त्रालयको जवाफ सुनेपछि माननीयहरू लगायत टीकापुरका सबै राजनीतिक दलहरू तथा टीकापुर विमानस्थल अध्ययन निर्माण तथा सञ्चालन समिति ले निरन्तर दुई महिना मुक्तकमैया र सरोकारवालाहरूसँग छलफल अगाडि बढायो र टिकापुरएयरपोर्टबाट मुक्तकमैयालाई टीकापुर नगर विकास समितिको जग्गामा सार्ने निर्णय भयो।
१०)सारिसकेपछि स्थानीय राजनीतिक पार्टीहरूको पहलमा पर्यटन मन्त्रालयले बजेट विनियोजन गर्यो र टिकापुर एयरपोर्टको तारबार तथा रनवे ग्राभेल लगायतका पूर्वाधारहरु निर्माण गरिए ।
१२)यसअघि मुक्त कमैयाहरूलाई टिकापुर विमानस्थल अध्ययन निर्माण तथा सञ्चालन समितिको अगुवाइमा एयरपोर्टबाट हालको शक्तिनगर मुक्त कमिया शिविर रहेको स्थानसम्म सार्नका लागि निरन्तर सहयोग भयो ।
१२)टिकापुर विमानस्थल रनवे ग्राबेल तथा तारबार भइसकेपछि समितिकै पहलमा विमानस्थलमा टेस्ट फ्लाइट भयो। र अहिलेकै मोडालिटीमा टिकापुर नेपालगञ्ज उडान सञ्चालनका लागि तारा एयरसँग समितिको सम्झौता भयो।
१३)तत्कालीन अवस्थामा जनप्रतिनिधिमूलक निकाय नभएको तथा राजनीतिक संक्रमणका कारण टीकापुर विमानस्थल नियमित गर्न अप्ठ्यारो पर्यो ।
१४)२०७४ सालमा स्थानीय र प्रदेश र सङ्घीय जनप्रतिनिधि निर्माण भएर तिनै तहका सरकार बनिसकेपछि टिकापुर विमानस्थल अध्ययन निर्माण तथा सञ्चालन समितिले आफूले उठाएको आर्थिक सहयोग बाट एयरपोर्टमा लागेर बचेको पैसा करिब ३५ लाख रुपैयाँ सहित सबै कागजपत्र डकुमेन्टेसनहरु टिकापुर नगरपालिकालाई हस्तान्तरण गर्दै समितिलाई विघटन गरियो ।
१५ )२८ भदौ २०७६ मा कैलाली होटेल व्यावसायी संघको आयोजनामा टीकापुर डल्फिन महोत्सव सम्पन्न भयो उक्त महोत्सवमा प्रमुख अतिथिको रुपमा टीकापुर पुगेका तत्कालीन नेपाल सरकारका सास्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई संघले एयरपोर्ट पुनः संचालनको माग राख्यो टीकापुरमा अध्यन टोलिपनि पुग्यो टोलीले अध्यन गर्दा ७२ सिटको हवाई जहाज चलाउन एयरपोर्टमा ठाउँ अपुग हुने निस्कर्शमा पुग्यो र अहिलेको खेलकुद मैदानमा पनि एयरपोर्ट बनाएर भविस्यमा दीर्घकालीन हिसाबले संचालनमा ल्याउन सकिने कुरा औल्यायो ।
१६) हालका टीकापुर नगरपालिकाका नगर प्रमुख लगायत स्थानीय जनप्रतिनिधि स्थानीय व्यावसायि लगायतको अगुवाइमा पुनः टिकापुर एयरपोर्टको मर्मत गरेर अहिले साताको तीन दिन नियमित तारा एयरले उडान भइरहेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
