मोटरसाइकल दुर्घटनामा अछामका १ युवाको भारतमा मृत्यु अर्का १ घाइते

काठमाडौ :अछामका एकयुवाको भारतको गुजरात राज्यको राजकोटमा मोटरसाइकलमा दुर्घटनामा परी मृत्यु भएको छ।
जिल्लाको मेल्लेख गाउँपालिला- ६ झडीगाउँ निवासी स्व: लक्षीबोहरा (मुखिया)का२२ बर्षय छोरा देवेन्द्र बोहराको मोटरसाइकल दुर्घटनामा परी मृत्युु भएको मेल्लेख गाउँपालिकाका निवर्तमान अध्यक्ष लोक बहादुर बोहराले मालिका समाचार लाई जानकारी दिए।

मोटरसाइकलमा दुई जना रहेको र पछाडि बसेका अर्का झडीगाउँ निवासी नयाँ बोहराका २३ बर्षका छोरा कृष्ण बोहरा घाइते रहेको स्रोतले जनायो घाइते बोहराको हात भाच्चिएको खबर पाएको र थप कुरा अस्पताल बाट आउन बाकी रहेको लोक बोहराले बताए
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
