घटना

हरीको हत्यामा अनुसन्धान अधिकृत सहितदुई पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बारा । नेपाल प्रहरीको हत्यामा संलग्न रहेका अनुसन्धान अधिकृत सहित दुई जना पक्राउ परेका छन् । प्रहरी कार्यालयको सहयोगी जितपुर सिमरा – ०१ का राज कुमार रुम्बाको हत्यामा संलग्न देखिएका राष्ट्रिय अनुसन्धानका अधिकृत सहित दुई जना पक्राउ परेका हुन ।

ईलाका प्रहरी कार्यालय सिमरामा दरबन्दी भई हाल सिमरा विमानस्थलमा सुरक्षा गार्डको रूपमा कार्यरत रहेका रूम्बा जितपुर सिमरा- ११ रमौली लोसन्डा सडक खण्डमा मृत भेटिएको प्रहरी उपरीक्षक महेन्द्र खड्काले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

बिज्ञापन

अनुसन्धान अधिकृतको नाममा रहेको वाग्मती प्रदेश ०१-०२८ च ७६१६ नम्बरको ग्रे रङ्गको इभी कारको चालक बस्ने सिटमा रुम्बा मृत भेटिएको उनले बताए ।

मृतको नारायणी उपक्षेत्रीय अस्पताल विरगंजमा पोस्टमार्टम गर्दा निजको टाउकोबाट गोलीको बुलेट एक थान भेटिएको प्रहरी उपरीक्षकले बताए । बुलेट प्रहारबाटै उनको मृत्यु भएको खड्काले बताए ।

रुम्पबाको हत्यामा महोत्तरी जलेश्वर-३ घर भई सिमरा विमानस्थलमा कार्यरत राष्ट्रिय अनुसन्धान विभागका अधिकृत श्रीकान्त तिवारी, जितपुरसिमरा- १९ का पुरुषोत्तम कुमार दास र इन्द्रजित कुमार दास रहेको उनले बताए ।

पक्राउ परेको दासबाट मृतक रुम्वाले लगाएको सुनको सिक्री र ६ थान मोवाईल, ना १३ प ५४७ नम्बरको यमाहा मोटरसाइकल समेत बरामद गरिएको प्रहरी उपरिक्षकले बताए । जिल्ला अदालत बाराबाट ७ दिनको म्याद थप लिई कर्तव्य ज्यान सम्बन्धि कसुर मुद्दा चलाइने प्रहरी उपरीक्षक खड्काले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।