घटना

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आलिताल गाउँपालिका – १ घण्टेश्वर मन्दिर नजिक भीमदत्त राजमार्गमा साहुखर्कबाट गैरा तर्फ जाँदै गरेको से २ त २४३१ नम्बरको ट्याक्टर अनियन्त्रित भई नालिमा पल्टिदा चालक कैलालीको घोडाघोडी नगरपालिका – १० पहलवानपुर ३० वर्षीय बिशाल चौधरीको मृत्यु भएको हो । उनको ट्याक्टरको टायरमुनी च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन