राष्ट्रिय समाचार

भूकम्पको केन्द्रबिन्दु नेपालबाट कति नजिक, क्षति कहाँ-कति भयो ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । मंगलावर बिहानै चीनको तिब्बत क्षेत्रमा भूकम्प गएको छ ।

अमेरिकाको भू-गर्भ संस्था यूएसजीसीले ७.१ र ५.२ रेक्टरका दुई वटा भूकम्प गएको बताएको छ ।

बिज्ञापन

भूकम्पको केन्द्रबिन्दु नेपालको सोलुखुम्बुको लोबुछे क्षेत्रबाट क्रमसश ९३ र ५२ किलोमिटर उत्तरपूर्व तिब्बतमा रहेको उल्लेख छ ।

भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन । मधेश प्रदेशबाट संवाददाता सन्तोष यादवका अनुसार त्यहाँ पनि भूकम्पको धक्का महसुस भएको छ ।

यस्तै हेटौँडाबाट धर्मेन्द्र दाहालका अनुसार त्यहाँ पनि सर्वसाधारण बिहानै घरबाट बाहिर निस्किएका छन् ।

यसैगरी चितवनबाट प्रतिमा सिलवालका अनुसार चितवनमा भूकम्पको कम्पन महसुस भएको तर क्षति भएको जानकारी भने नआएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।

यस्तै लुम्बिनीबाट रामप्रसाद आचार्यका अनुसार प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्काको महसुस भए पनि कुनै क्षति नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।