रेस्टुरेन्टमा काम गर्ने एक युवती भेटिइन् कोठाभित्रै मृत
लोक कल्याणकारी विज्ञापन

बुटवल । रुपन्देहीको तिलोत्तमा शंकर नगरस्थित एक रेस्टुरेन्टकी कामदार युवती मृत भेटिएकी छिन् । गुल्मीको मालिका गाउँपालिका–८ मरभुङ्ग रैथुम टोलकी २० वर्षीया बिमला राना कुमाल मृत भेटिएकी हुन् ।
बुटवल इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी विजय पण्डितका अनुसार उनी तिलोत्तमा नगरपालिका-२ शंकरनगरस्थित नेवारी खाजा घरको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । १४ महिनादेखि नेवारी खाजा घरमा काम गर्दै आएकी उनी सोही खाजा घरको कोठामा बस्ने गर्दथिन् । डिएसपी पण्डितले गुल्मीस्थित उनको घरबाट आफन्तहरु झिकाइएको र थप अनुसन्धान भरहेको बताए ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
