कसरी सुरु भयो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन ?

चितवन । आज विश्वभर ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर मनाइँदैछ । हरेक वर्ष मार्चा ८ का दिन यो दिवस विश्वभर मनाउने गरिन्छ ।
नेपालमा पनि सरकारी स्तर, तथा विभिन्न संघ संस्थाले यस दिवस मनाउने कार्यक्रम तय गरेका छन् । यसवर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नारा सबै महिला तथा बालबालिकाका लागि अधिकार समानता र शसक्तिकरण नेपाली नारा रहेको छ । विश्वमा तय गरिएको टु अल वुमन एण्ड गल्र्सः राइट्स इक्वालिटी कलम इम्पावरमेन्टको नेपाली रुपान्तरण हो ।

महिला मुक्तिको लागि आन्दोलन गरेकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको समभलना गर्दै यो दिवस विश्वभर मनाउने गरिन्छ ।’
विश्वका महिलाहरुका सन् १९०६ मा गरिएकोे प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी चयन भएकी थिइन् । त्यसपछि महिलाहरुले समान अधिकारको माग गर्न थाले । सन् १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरेक थिए ।
त्यही दिनको आन्दोलनको सुरुआत र महिला अधिकारको लडाइँको थालनीलाई स्मरण गर्दै विश्वभर मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाइन थालिएको हो । यो दिनलार्ई अन्तर्राष्ट्रिय नारी दिवस पनि भन्ने गरिन्छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
