घरको बार्दलीबाट लडेर एक जनाको मृत्यु
लोक कल्याणकारी विज्ञापन

कालीकोट, फागुन २६ गते । घरको बार्दलीबाट लडेर एक जनाको मृत्यु भएको छ । बार्दलीबाट लडेर कालीकोटको खाँडाचक्र नगरपालिका वडा नं ३ का पुरिचन्द पाण्डेकाे मृत्यु भएको हो ।
आइतबार राति शौचालय जाने क्रममा घरको बार्दलीबाट लडेर घाइते हुनुभएका पाण्डेको जिल्ला अस्पताल कालीकोटमा प्राथमिक उपचारपछि सुर्खेत लैजाने क्रममा बाटोमै निधन भएको हो ।
बिज्ञापन

४७ वर्षीय पाण्डे जिल्ला निर्वाचन कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत हुनुहुन्थ्याे ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
