भारतको बेङ्लोरमा बझाङका ९ वर्षीय बालकले राखे करातेमा विश्व रेकर्ड

टेक नारायण पौडेल, बेङ्लोर
बेङ्लोर, २८ फागुन । भारतको बेङ्लोरमा नेपालका बझाङका ९ वर्षीय बालक अन्सु खड्काले करातेमा विश्व रेकड राख्न सफल भएका छ्न् ।
बझाङका अधिकांश नेपाली झै यी बालकका आमा–बुवा पनि रोजगारिको खोजिमा बेङ्लोर आएर लामो समयदेखि कर्नाटक राज्यको सफ्टवेयर सिटि बेंङलोर शहरमा बस्दै आएका दम्पती बझाङ्गको मष्टा गाउँ पालिका वडा न १ कोटदेबलका हुन । निज बिक्रम खड्काका ९ बर्सिय छोरा अन्सु खड्काले सबै नेपालीको सिर उच्च राख्दै करातेमा बिश्व रेकर्ड राख्न सफल भएका छन् ।
यहि फरवरी ८ मा तमिलनाडू फिजिकल एजुकेशन एण्ड स्मार्ट युनिवर्सिटी चेन्नईमा २२ हजार जना प्रतिस्पर्धिसंग प्रतिस्पर्धा गर्दै उनले गिनिज बुक अफ वल्डमा आफ्नो रेकर्ड राख्न सफल भएका हुन् ।
एक्स्प्रेस वल्र्ड कराते मास्टर्स एसोसिएशनले प्रमाणित गर्दै उनलाई प्रमाण पत्र सहित सम्मान गरेको छ ।
यी फुच्चे अन्सु खडकाले कराते खेल सिक्न लागेको जम्मा २ बर्ष ८ महिना मात्र भएको उनकी आमा ईश्वरीदेबी खड्काले बताईन । अन्सु पुरै खेलमा डुब्ने घरमा बस्दा पनि टिभी होस या मोबाइल कराटे मात्रै हेर्ने गर्ने गरेको बताईन । यति छोटो समयमा यी फुच्चे अन्सु यो सफलता हात पार्नु अलौकिक नै मान सकिने जानकारहरु बताउँछ्न ।

यस अघि पनि बिभिन्न ठाउँमा आयोजना गरिएका टुर्नामेन्टमा प्रतिस्पर्धा गर्दै ७ ठाउँमा गोल्ड मेडल जित्न सफल भएका थिए । अन्सु बझाङ्ग जिल्लाकै पहिलो गिनिज बुक अफ वल्डमा रेकर्ड राख्नेमा परेको हामिलाइ लागेको छ ।
यो सफलता ले नेपाली समुदाय अत्यन्तै हर्ष बिभोर भएको छ । यस्तो प्रतिभा भएको आफ्नो सन्तान लाई नेपाल सरकारले नेपाल मै बोलाएर सम्मान गर्नुपर्छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
