घटना

अछाममा भिरबाट लडेर बृद्धाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम, फागुन २९ गते । अछाममा एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा ४ कालिकास्थानकि ६८ वर्षीया बासु शाहीको मृत्यु भएको हो ।

मंगलबार दिउँसो आफ्नै घरनजिकको भिरमा बाख्रा चराउने क्रममा करिब ५०० मिटर तल खसेर गम्भीर घाइते हुनुभएकी शाहीलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसैन लैजाँदै गर्दा बाटोमै मृत्यु भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताउनुभयो ।

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।