सुदूरपश्चिम प्रदेश

अछाममा एक किशोरीको शव फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम। बिजुलीको करेन्टबाट जलेर एक किशोरीको मृत्यु भएको छ। बाख्रा चराउने क्रममा करेन्ट लाग्दा बान्नीगढी जयगढ गाउँपालिका-६ दर्नाको चन्डालीकी १८ वर्षीया सुनिता कडायतको जलेर मृत्यु भएको हो।

बाख्रा चराएर बेलुकी घर फर्कन लाग्दा बिजुलीको तार चुँडिएर फलामको खम्बामा विद्युत प्रवाह भएकाले करेन्ट लागेर घटनास्थलमै कडायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिए। घरबाट करिब आठ सय मिटर टाढा रहेको खरबारीमा रहेको बिजुलीको पोलमा करेन्ट लागेर सोमवार राति करिब ७ बजेतिर जलेको अवस्थामा कडायतको शव फेला परेको बताइएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ।  

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।