सुनको मूल्यमा नयाँ रेकर्ड, आजको कारोबार कतिमा

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले वृद्धि भएको हो ।महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । आइतबार प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँ कायम रहेको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १० बढेर दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, अकासिँदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य वृद्धि भएको महासङ्घको ठम्याइ छ । गत शुक्रबार हालसम्मकै उच्च अङ्कको पुगेको सुनको मूल्य आइतबार पनि बढेको थियो ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
