काइट एजुकेशन हबको प्रधान कार्यलय अब धनगढीमा

धनगढी, ३ असार । काईट एजुकेशन हबको प्रधान कार्यलय अब धनगढीमा एक कार्यक्रमको बीच उद्घाटन गरिएको छ ।
गत आइतबारका दिन अभिनेता पुष्प खड्काद्वारा रिबन काटेर काइट एजुकेशनको उद्घाटन गरिएको थियो । उक्त अवसरमा काइट एजुकेशनका प्रबन्धक निर्देशक हेमराज साउँदले शिक्षा क्षेत्रमा नयाँ धारा ल्याउने सोचका साथ हामी फरक तरीकाले मार्केटमा जाने छौ । यस कार्यलयबाट जापनिज, कोरियाली, पि.टी., आइल्स लगाएत विभिन्न अन्तराष्ट्रिय तयारी परीक्षाहरु संचालन गरिने कुरा उहाँले बताउनुभयो ।

उनले अहिले यो क्षेत्रमा निकै प्रतिस्पर्धा रहेको छ तर हामी यसलाई फरक ढंगबाट अगाडि बढाउने छौ र यस संस्थाले भविष्यमा सफलता प्राप्त गर्नेमा आफूमा पूर्ण विश्वास रहेको उहाँले बताउनुभयो ।
विगत १२ वर्षदेखि काठमाडौमा आफ्नो प्रधान कार्यलय खोलेर अमेरीका, क्यानडा, अस्ट्रिेलिया, यू.के. साउथ कोरिया, जापान लगाएत विभिन्न देशहरुमा विद्यार्थीहरुलाई पठाउदै आएको काइट एजुकेशनले अब आफ्नै जन्मभूमि कैलालीको धनगढीमा नै प्रधान कार्यलय खोलेर गाउँघरमा रहेका जो विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि धनगढीलाई आफ्नो प्रमुख केन्द्र बनाएको एजुकेशनका प्रबन्धक निर्देशक हेमराज साउँद बताउँछन् ।
मुख्यमन्त्री कार्यलय नजिक कार्यलय रहेको काइट एजुकेशनको उद्घाटन समारोहमा शिक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तित्वका साथै विभिन्न क्षेत्रका अतिथिहरुको पनि उपस्थिति रहेको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
