राजनीति

टिकटकर रमालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । दुर्भावना फैलाएको आरोपमा पक्राउ गरिएकी टिकटकर रमा बस्नेतलाई जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थपेको छ । उनलाई गत सोमबार प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको थियो ।

टिकटक लाइभमा सरकारको आलोचना गर्दै आएकी खोटाङ घर भएकी बस्नेतले अमर्यादित र असभ्य अभिव्यक्तिहरु दिएको भन्दै पक्राउ गरिएको हो । उनलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ । उनी रास्वपा समर्थक हुन् ।

बिज्ञापन

बस्नेतको पक्राउको रास्वपाका नेताहरुले आलोचना गरेका छन् । आज पार्टीकी केन्द्रीय सदस्य ज्वाला संग्रौलासहित केही नेता कार्यकर्ताहरु अदालत पुगेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।