घटना

मध्यरातमा लखेटीलखेटी श्रीमतीको हत्या

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दाङ । रुकुममा मंगलबार राति श्रीमानले श्रीमतीको हत्या गरेका छन् । चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले ३० वर्षीया श्रीमती देविका बुढाथोकीको हत्या गरेको रुकुम पश्चिमका प्रहरी प्रमुख प्रवेश विष्टले जानकारी दिए ।

सामान्य विवादका क्रममा श्रीमानले खुकुरी झिकेपछि बाँच्नका लागि भागेकी श्रीमतीलाई लखेटीलखेटी हत्या गरेको चौरजहारी नगरपालिका–३ का वडाध्यक्ष लालबहादुर बुढाले जानकारी दिए । घटनास्थल घरदेखि करिब ५० मिटरको दूरीमा छ ।

बिज्ञापन

यसअघि पनि चन्द्रबहादुरले मादक पदार्थ सेवन गरेर प्रायःजसो घरमा श्रीमतीसँग झगडा गर्ने गरेको वडाध्यक्ष बुढाले बताए ।

अभियुक्तलाई खुकुरीसहित पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा राखिएको छ । आमाको हत्या र बुवा पक्राउ परेपछि ५ देखि ११ वर्षका ३ बालबालिकाको बिचल्ली हुने भएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।