घटना

खैरो हिरोइन बेचेको आरोपमा श्रीमान श्रीमति पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सिन्धुली । लागु औषध खैरो हिरोइन बेचेको आरोपमा सिन्धुलीमाढीबाट दुईजना पक्राउ परेका छन । तीनपाटन गाउँपालिका वडा नं. ९ घर भई कमलामाई नगरपालिका वडा नं. ४ ढुंग्रेवासमा डेरा गरि बस्ने विनोद परियार र उनकी श्रीमति अञ्जु श्रेष्ठलाई विहीबार राती प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई कमलामाई नगरपालिका वडा नं. ४ ढुंग्रेबासबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीका अनुसार लागु औषध खैरो हिरोईन विक्री वितरण गरिरहेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

बिज्ञापन

पक्राउ परेका उनीहरुको साथबाट ३ दशमलब ७३० ग्राम हिरोईन बरामद गरिएको सुवेदीले जानकारी दिए । उनका अनुसार प्रहरी टोलीलाई देखेपछि उनीहरुले खैरो हिरोईनको प्लाष्टिकको पोका नजिकैको झाडीमा फालेर भाग्न खोजेका थिए । दुवै जनालाई सिन्धुली जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान थालिएको सुवेदीले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।