खेलकुद

टाइब्रेकरमा नेपाल पराजित, उज्बेकिस्तान एसियन कपमा छनोट

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । टाइब्रेकरमा नेपाललाई हराउँदै उज्वेकिस्तान एएफसी एसियन कप फुटबलमा छनोट भएको छ ।

छनोटअन्तर्गत निर्णायक खेलमा नेपाललाई हराउँदै घरेलु टोली उज्वेकिस्तान अर्को वर्ष अष्ट्रेलियामा हुने एसिया कपमा छनोट भएको हो ।

बिज्ञापन

टाइब्रेकरमा नेपालकि कप्तान सावित्रा भण्डारी र गोलकिपर अन्जना रानामगर गोल गर्न सकेनन् ।

उज्बेकिस्तानले खेलको दोस्रो मिनेटमा नै गोल गरेको थियो । ११औं मिनेटमा उज्बेकिस्तानले अग्रता दोब्बर पार्‍यो ।

२४औं मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरिन् । तर ३९औं मिनेटमा पेनाल्टीमार्फत शोएमोभले गोल गर्दै उज्बेकिस्तानको अग्रता फेरि बढाइन् ।

एन एर्गासेभाले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि उज्बेकिस्तान दोस्रो हाफमा १० खेलाडीमा सीमित रहेको थियो ।

दोस्रो हाफको ७०औँ र ७१औँ मिनेटमा सावित्राले लगातार गोल गर्दै नेपाललाई खेलमा फर्काउँदा पनि टाइब्रेकरमा चुक्दा नेपाल पराजित भयो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।