राष्ट्रिय समाचार

बेलीब्रिज उद्घाटन गर्न प्रधानमन्त्री ओली हुम्ला जाँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

हुम्ला । कुन्ती मोक्तानको चर्चित गीत छ– ‘हुम्ला जुम्ला गाडीमा कहिले जाने हो ?’ सडक पूर्वाधारले नछोएको हुम्लाको परिवेशमा लेखिएको यो गीतले भूगोलको सौन्दर्य र पुग्न नसकेको कठिनाइलाई वर्णन गरेको छ। हो त्यही सुन्दर हुम्ला आजबाट सडक सजालमा जोडिने भएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटन गर्न आज हुम्ला जाँदै छन्।

बिज्ञापन

कर्णाली करिडोरको खार्पुनाथ-५, मा पर्ने चुवाखोलामा बनाइएको बेलीब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री ओली आज हुम्ला जान लागेका हुन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार आज बिहान १० बजे बेलिब्रिजको उद्घाटन हुने छ।

देशका ७७ जिल्लामा राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी हुम्ला सदरमुकाम सिमकोट मात्र हो। 

२६ वर्षदेखि काम भइरहे पनि अहिलेसम्म औपचारिक रूपमा राष्ट्रिय सडक सदरमुकाम सिमिकोटमा जोडिएको थिएन। यो पुल उद्घाटन भएसँगै हुम्लीवासीको २६ वर्षको प्रतीक्षा पूरा हुने भएको छ।

यसअघि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा ‘हुम्ला अब टाढा छैन’ भन्ने जानकारीसहितको एक पोष्ट सार्वजनिक गरेका थिए। उनले हुम्लामा सडक सञ्जाल पुर्याउने आफ्नो दशकौँ पुरानो सपना पूरा हुँदै गरेको लेखेका थिए। सोही अनुरुप आज प्रधानमन्त्री हुम्ला जाँदै छन्।

‘देशका ७७ जिल्लामा राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने २६ वर्षको सपना अब पूरा हुँदैछ,’ प्रधानमन्त्रीले लेखेका थिए, ‘यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।