बिश्व

एयर इन्डिया दुर्घटना : प्रारम्भिक रिपोर्टले देखायो इन्धन आपूर्ति बन्द हुनु मुख्य कारण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

२८ असार, काठमाडौं । अहमदाबाद विमानस्थलबाट उडान भरेको केहीबेरमै दुर्घटनामा परेको एयर इन्डिया विमानको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ।

दुर्घटनाको मुख्य कारण इन्धन आपूर्ति बन्द हुनु रहेको भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी)को रिपोर्टमा उल्लेख छ।

बिज्ञापन

लण्डन जाँदै गरेको बोइङ ७८७ ड्रीमलाइनर विमान रनवेबाट उडेको केही क्षणमै जमिनमा खस्दा जमिनका सहित गरेर कम्तीमा २६० जनाको मृत्यु भएको थियो। विमानमा सवारमध्ये केवल एक जना मात्र बाँच्न सफल भएका थिए।

सीएनएनमा उल्लेख भएको अनुसन्धान प्रतिवेदनअनुसार, ककपिटमा रहेको इन्धन नियन्त्रण स्विचहरू ‘रन’ बाट ‘कटअफ’ मा परिणत भएपछि इन्जिनहरूमा इन्धन आपूर्ति रोकिएको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।