एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनका लागि खेलाडी दर्ता खुला भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै खेलाडी दर्ता खुला भएको जनाएको हो ।

क्यानका अनुसार खेलाडीले आफ्नो इच्छाअनुसार ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा आफ्नो नाम दर्ता गराउने सक्नेछन् । पहिलो संस्करणबाट रिलिज भएका वा एनपीएलमा सहभागी हुन चाहने नेपाली खेलाडीहरूले https://npl-t20.com/registration मा गएर नाम दर्ता गर्न सक्ने उसले जनाएको छ । दर्ता शुल्क एक हजार कायम गरिएको छ ।

साउन ६ गतेसम्म दर्ता खुला रहने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.