सुदूरपश्चिम प्रदेश

सुत्ने ठाउँको विषयले कैलाली कारागारभित्र कैदीबन्दीबिच विवाद, नाइके कुटिए

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली जिल्ला कारागारभित्र कैदीबन्दीबिच शनिबार दिउँसो विवाद हुँदा मूल नाइके खगेन्द्र बोगटी कुटिएका छन् । कुटपिटबाट बोगटीको नाक र मुखमा चोट लागेको छ । लम्कीका भूपेन्द्र बडुवाल हत्या प्रकरणमा कारागारमा रहेका कैदीले नाइके बोगटीमाथि कुटपिट गरेको कारागार स्रोतले जनाएको छ । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । 

घटनालगत्तै प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणा कारागार पुगेका थिए । सुरक्षा अधिकारीहरू पुगेपछि कैदीबन्दीले जेलरसँग मिलेर नाइकेले दु:ख दिने गरेको भन्दै जेलर वसन्तबहादुर खत्रीविरुद्ध होहल्ला र गुनासो गरेका थिए । 

बिज्ञापन

प्रहरी उपरीक्षक राणाले कैदीले मूल नाइकेलाई कुटपिट गरेपछि अहिले स्थिति सामान्य भएको बताए । कैदीबन्दीलाई सम्झाइबुझाइ गरेपछि अवस्था सामान्य भएको उनको भनाइ छ । ‘मूल नाइकेलाई अर्को कैदीले हानेको रहेछ । नाइकेलाई हानेपछि अरूले विरोध गरे,’ प्रहरी उपरीक्षक राणाले भने, ‘उनीहरूलाई सम्झाइबुझाइ गर्‍यौँ । अहिले सामान्य अवस्था छ ।’

अनुशासन र सुरक्षासम्बन्धी गुनासो आएको भन्दै प्रमुख जिल्ला अधिकारीको टोलीले बिहीबार राति कारागारभित्र निरीक्षण गरेको थियो । प्रशासनका अनुसार त्यसक्रममा चेकजाँच गर्दा कैदीबन्दीसँग मोबाइल भेटिएका थिए । त्यसपछि मोबाइल भेटिएको ब्लकका केही कैदीलाई अर्को ब्लकमा सारिएको थियो । प्रमुख जिल्ला अधिकारी हमालले कैदीबन्दीबिच सुत्ने ठाउँको विषयमा सामान्य विवाद भएको र आफूहरू सम्झाइबुझाइ गरेर फर्किएको बताए । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।