स्वास्थ तथा सरसफाइ

१४ वर्षदेखि कोठामा थुनिएकी देविहिराको नगरपालिकाद्वारा उद्धार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ५४ वर्षीया देवीहिरा राईको उद्धार गरिएको छ । १४ वर्षदेखि मानसिक सन्तुलन गुमाएर कोठामा थुनेर राखिएको अवस्थामा राईलाई उद्धार गरिएको हो ।

नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख बिसन राई, वडाध्यक्षहरूको नेतृत्वमा शनिबार बिहान उद्धार गरिएको हो । देवीहिरालाई दिक्तेलबजारस्थित रत्नपार्क सपिङ कम्प्लेक्स अगाडी उनका दाई प्रेमको घरमा एउटा कोठामा थुनेर राखिएको अवस्थामा उद्धार गरिएको हो । देवीहिरा परिवारको तीन छोरीमध्ये कान्छी हुन् । २०४९ साल जेठ महिनामा आमाको निधन भएपछि २१ वर्षको उमेरमा उनले मानसिक सन्तुलन गुमाएकी थिइन् ।

बिज्ञापन

आमाको बियोगमा एक्कासी ढलेकी देवीहिराको महिना दिनपछि होस खुलेको थियो, तर त्यसपछि बर्बराउने हुँदै बिरामी भएकी थिइन् । उनका दाई प्रेमले बताए अनुसार, मानसिक अस्पताल लगनखेल र पाटन अस्पतालमा पटक–पटक उपचार गराए पनि केही समय ठिक हुने र केही समयपछि बिग्रिने समस्या भएको थियो ।

पारिवारिक स्थिति र विभिन्न कारणले निरन्तर उपचार गर्न नसकेपछि उनी पूर्णरूपले मानसिक सन्तुलनको शिकार भएकी थिइन् । असार २६ गते नगरप्रमुख भट्टराई, उपप्रमुख राई, नगर स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्य र सिविआर सहजकर्ता दिप्सिका खनाल कोठामै निरीक्षणमा पुगेका थिए ।

निरीक्षणपछि देवीहिरालाई ‘क’ वर्गको अपाङगता परिचयपत्र समेत वितरण गरिएको छ । देवीहिरालाई नगरपालिकाको एम्बुलेन्समार्फत ललितपुर लगनखेलस्थित मानसिक अस्पतालमा निशुल्क उपचार हुनेगरी पठाइएको छ ।

यसैबीच, उनीसँगै नेर्पाकी ३२ वर्षीया कोपिला दर्जीलाई पनि जन्डिसको उपचारका लागि वीर अस्पताल काठमाण्डौ पठाइएको छ । नगरक्षेत्र भित्र रहेका अपाङगता, मानसिक तथा मनोसामाजिक परामर्शबाट बञ्चित वा अभिभावक विहीन भई सहारा खोजिरहेका मानवको संरक्षण र उद्धार सेवामा नगरपालिका निरन्तर लागिरहेको नगर प्रमुख तीर्थराज भट्टराईले बताए । नगर प्रमुख भट्टराईले यस्तै अवस्थाका बिरामी नगरभित्र भए जानकारी गराइदिन आग्रह गर्नुभएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।