सुदूरपश्चिम प्रदेश

छाउगोठमा सर्पले टोकेर कञ्चनपुरमा एक महिलाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कञ्चनपुर । छाउगोठमा सर्पले टोकेर कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ । शनिवार राती कृष्णपुर नगरपालिका -१ निगालीमा छाउगोठमा गोठमा सुत्न गएकी  २८ वर्षीय कमला दमाईको मृत्यु भएको हो ।

छाउगोठमा सुत्न गएका बेला सर्पले गालामा टोकेपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको भए पनि उनको उपचारकै क्रममा मृत्यु भएको उनका श्रीमान पुरन दमाईले बताएका छन् ।
कमला दुई महिनाअघि मात्रै भारतबाट घर फर्किएकी थिइन् । परिवारको पक्की घर भए तापनि रुढीवादी परम्पराका कारण उनी छिमेकीको घरछेउमा बनाइएको छाउ गोठमा बस्न बाध्य भएकी थिइन् ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।