विषालु च्याउ खादा एकै परिवारका पाँच जना बिरामी

कैलाली । कञ्चनपुरमा विषालु च्याउ खादा एकै परिवारका पाँच जना बिरामी भएका छन् ।
भारतको नङ्ग्रा जङ्गलबाट ल्याइएको विषालु च्याउको तरकारी खाँदा दोधारा-चाँदनी नगरपालिका-६ स्थित कालागडका ६३ वर्षीया कालु सुनारसहित पाँच जना बिरामी भएको जिल्ला प्रहरी कार्यकाल कञ्चनपुरले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यकाल कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार सुनारका १८ वर्षीया नातिनी निशा सुनार, १६ वर्षीया नाति भीम सुनार, १२ वर्षीया नाति वसन्त सुनार र आठ वर्षीया नातिनी मन्सुसुनार बिरामी भएका हुन् ।
‘उहाँको परिवारका पाँचै जना बिरामी परेका हुन्’ बोहराले भने, ‘पाँचै जनाको दोधारा-चाँदनी अस्पतालमा उपचार भइरहेको छ ।’
उनीहरूको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
