इलाममा धारिलो हतियार प्रयोग गरी एकको हत्या

इलाम, साउन १ गते । इलामको सूर्याेदय नगरपालिका–१ मा गएराति एक जनाको हत्या गरिएको छ । माइजोगमाई गाउँपालिका–२ जोगमाइका २१ वर्षीय प्रकाश चापागाईंको हत्या भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
३२ वर्षीय दाजु निरोज चापागाईंसँगै ससुराली घर गएका प्रकाशको सूर्याेदय– १, शिरिसेका ३३ वर्षीय किरण शेर्पासँग झगडा परेको थियो ।

काजी तामाङको घरमा भएको झगडाका क्रममा धारिलो हतियार प्रकाशमाथि प्रहार हुँदा प्रकाशको घटनास्थलमै मृत्युु भएको जनाइएको छ । दाजुु निरोजको पेटमा पनि धारिलो हतियारबाट गहिरो चोट लागेको र गभ्मीर अवस्थामा रहेका निरोजलाई उपचारका लागि फिक्कल पठाइएको प्रहरीले जनाएको छ ।
घटना पछि शेर्पालाई प्रहरीले पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
