राष्ट्रिय समाचार

धरहरा आजदेखि दैनिक १२ घण्टा खुल्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

साउन १ गतेदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने भएको छ । बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म दैनिक १२ घण्टा धरहरा खुल्ने भएको हो ।

यसअघि दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म धरहरा सर्वसाधारणका लागि खुला हुँदै आएको थियो ।

बिज्ञापन

सहरी विकास मन्त्रालयका अनुसार अबदेखि सार्वजनिक बिदाको दिन पनि धरहरा चढ्न पाइने भएको छ । शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने बताइएको छ ।

०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुनर्निर्माणपछि गएको असोज ३ गतेदेखि परीक्षणका रूपमा खुला गरिएको थियो । गएको मंसिर ९ गतेदेखि भने शुल्कसहित धरहरा खुला गरिएको हो ।

धरहरा चढ्न विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

त्यस्तै, अहिले स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय, सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रबाट आउने पर्यटकका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।