राजनीति

बिचौलिया सुजन लामालाई एमाले प्रदेश कमिटीले सोध्यो ७२ घन्टे स्पष्टीकरण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पोखरा। नेकपा एमाले गण्डकी प्रदेश कमिटीले मन्त्रीसँग बिचौलियाको काम गर्ने सुजन लामालाई ७२ घन्टे स्पष्टीकरण सोधेको छ । बिहीबार लामालाई स्पष्टीकरण सोधिएको प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले जानकारी दिए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीसँगको घुस डिलका विषयमा लामासँग लिखित जवाफ माग गरिएको अध्यक्ष शर्माले बताए ।

बिज्ञापन

यसअघि सामान्य सोधपुछ गरिएको र जवाफ चित्त नबुझेपछि लिखित रूपमै स्पष्टीकरण सोधिएको शर्माको भनाइ छ । स्पष्टीकरणको समय आइतबार सकिनेछ । स्पष्टीकरण पत्र आएपछि के गर्ने भन्नेबारे निर्णय लिने अध्यक्ष शर्माले नेपाल प्रेसलाई बताए ।

केही दिनअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीसँग सुजनले गरेको घुस डिलको अडिओ सार्वजनिक भएको थियो । सोही अडिओमा संलग्न भएको भन्दै गुप्ताले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् । सुजन २०८० असोजमा भएको एमाले गण्डकी प्रदेशको अधिवेशनमा प्रदेश कमिटी सदस्यको उम्मेदवार बनेका थिए ।

एमाले जिल्ला कमिटी कास्कीले पनि सुजनको सदस्यता नवीकरण नगरी केन्द्रमा पठाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।