घटना

प्रेमिकाको हत्या गरेर प्रहरीसमक्ष आत्मसमर्पण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपालगन्ज, साउन ९ गते । दैलेख घर भई नेपालगन्जको वीपीचोकस्थित सुनाखरी रेष्टुरेन्टमा वेटरको रूपमा कार्यरत २२ वर्षीया निर्मला थापाको हत्या भएको छ । बेलासपुरस्थित कोठामा सलले घाँटी बेरेर थापाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 

हत्या आरोपमा बर्दिया घर भई नेपालगन्जकै स्वस्तिक कटेजमा क्याप्टेनको रूपमा कार्यरत ३५ वर्षीय प्रकाश सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार, बुधबार राति हत्या गरी प्रकाशले निर्मलाको बहिनीलाई फोन गरेर “तिम्रो दिदीलाई मैले मारेँ” भनेका थिए। त्यसपछि बिहीबार राति करिब २ बजे उनी आफैं जिल्ला प्रहरी कार्यालय बाँके पुगेर आफूले निर्मलाको हत्या गरेको जानकारी प्रहरीलाई गराएपछि घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएको थियो।

प्रहरी घटनास्थल पुगेपछि निर्मलाको शव कोठामा फेला पारेको थियो। निर्मलाको परिवार नेपालगन्ज पुगेपछि शवको पोस्टमार्टम शुक्रबार बिहान मात्र गरिएको प्रहरीले जनाएको छ। प्रकाश विवाहित रहेको  र उनका श्रीमती, एक छोरा र एक छोरी बर्दियामै बस्ने गरेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । 

परिवारका अनुसार, प्रकाश र निर्मला विगत तीन वर्षदेखि नेपालगन्ज १२ बेलासपुरमा सँगै बस्दैआएका थिए। प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।