घटना

ललितपुरमा घाँटी रेटेर श्रीमतीको हत्या, श्रीमान् पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

ललितपुरमा एक श्रीमानले श्रीमतीको चक्कुले घाँटी रेटेर हत्या गरेका छन्। शनिबार बिहान करिब पौने ७ बजेको समयमा गोदावरी नगरपालिका १३ झरुवारासीस्थित पुस्कर बस्नेतको घरमा डेरा गरी बस्ने ३० वर्षीय मदनबहादुर स्याङतानले २० वर्षीया श्रीमती डोल्मा वाइबाको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ।

 घटनास्थलमा प्रहरी वृत्त चापागाउँबाट प्रहरी नायब उपरीक्षक यमकुमार श्रेष्ठको कमान्डमा प्रहरीको टोली पुगेको छ। सामान्य विषयमा विवाद हुँदा उनले हत्या गरेको बुझिएको छ। मृतक वाइबा मकवानपुरकी र श्रीमान् स्याङ्तान सिन्धुलीका हुन्। वाइबा स्याङ्तानको कान्छी श्रीमती रहेको खुलेको छ। श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। 

बिज्ञापन

घटनास्थलबाट चक्कु बरामद भएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।