सुदूरपश्चिम प्रदेश

डडेल्धुरामा विषालु च्याउ खाएका वृद्धको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी,१४ साउन । डडेलधुराको आलीताल गाउँपालिका–१ फिन्नेगडा मेलखर्कका ७० वर्षीय देवबहादुर बोहराको विषालु च्याउ खाँदा मृत्यु भएको छ । साउन ७ गते साँझ आफ्नै खेतबारीमा उम्रेको विषालु च्याउ खाएर बिरामी परेका उनलाई आफन्तले दुई दिनपछि मात्र अस्पताल पु(याएका थिए । शरीरमा विष फैलिएका कारण उनी गम्भीर अवस्थामा पुगेका थिए ।

अवस्था जटिल भएपछि साउन ९ गते उनलाई डडेलधुरा अस्पताल ल्याइएको थियो । अस्पतालको आईसियुमा राखेर उपचार गरिए पनि उनको अवस्था सुधार हुन सकेन ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक धनी चन्दका अनुसार बोहराको मंगलबार साँझ उपचारका क्रममा मृत्यु भएको हो । वर्षायाम सुरु भएपछि खेतबारी तथा डाँडापाखामा उम्रने जंगली च्याउ पहिचान नगरी खाने क्रममा यस्तो घटना हुने गरेका कारण प्रहरीले सर्वसाधारणलाई जंगली च्याउ नखान र सतर्क रहन आग्रह गरेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।