राष्ट्रिय समाचार

बचतकर्ताको ६ करोड ठगीमा मार्गदर्शन सहकारीका अध्यक्ष र हिसानका उपाध्यक्ष पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुपन्देहीको भैरहवास्थित मार्गदर्शन सहकारी ठगी गरेको अभियोगमा प्रहरीले सहकारीका अध्यक्ष अशोक केसी र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)का उपाध्यक्ष रामहरि सिलवाललाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हिसानका उपाध्यक्ष सिलवाललाई बिहीबार पक्राउ गरेको हो। प्रहरीका अनुसार उनले सहकारीको ६ करोड रुपैयाँभन्दा धेरै रकम ठगी गरेका छन्।

बिज्ञापन

सत्तारूढ दल एमालेनिकट चितवन-काठमाडौं सम्पर्क मञ्चका पूर्वअध्यक्षसमेत रहेका सिलवाल निजी कलेजका सञ्चालकसमेत हुन्। अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले सहकारी ठगी गरेको अभियोगमा सिलवाल पक्राउ परेको बताए।

उनले भने, ‘भैरहवास्थित सहकारी ठगी गरेको अभियोगमा सिलवाल पक्राउ परेका हुन्। उनीविरुद्ध रुपन्देहीमा उजुरी परेको छ। घटनाको अनुसन्धान उतैबाट हुँदै छ। उनलाई उतै लैजाने तयारी भइरहेको छ। अनुसन्धान प्रक्रिया उतै सुरु होला।’ पत्रकारितामा संलग्न सिलवाल नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य पनि हुन्।

सहकारीका अध्यक्ष केसीलाई भने जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले भक्तपुरबाटै पक्राउ गरेको हो। उनलाई पनि थप अनुसन्धानका लागि रुपन्देही लगिसकिएको  छ।

दोलखाको मेलुङ गाउँपालिका–६ घर भएका ३४ वर्षीय केसी ६ वर्षदेखि फरार थिए। उनीहरूविरुद्ध प्रहरीले २० वैशाख ०८१ मा नै पक्राउ पुर्जी जारी गरेको थियो। उनीहरूविरुद्ध बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ अपचलन गरेको आरोप छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।