घटना

चक्रे मिलनसहित १९ जनालाई सात दिन थुनामा राख्न आदेश 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

गुन्डागर्दीको आरोपमा पक्राउ परेका गुन्डानाइके चक्रे मिलन (मिलन गुरुङ)सहित १९ जनालाई प्रहरीले अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सात दिन थुनामा राख्न म्याद दिएको छ। जन्मदिन मनाउने क्रममा आतंक मच्चाएको आरोपमा प्रहरीले बिहीबार उनीहरूलाई पक्राउ गरेको थियो ।

४७ जना पक्राउ परेकामा गुन्डागर्दीमा संलग्न १९ जनामाथि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसरका एसपी कुलदीप चन्दले बताए । परिसरका अनुसार मिलन गुरुङसहित गणेशबहादुर बोगटी, नीराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जितबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम हर्जन, प्रनिश केटल, राजु परियार र सफल शाहीलाई प्रहरीले थुनामा राखेर अनुसन्धान अघि बढाएको छ।  

बिज्ञापन

बिहीबार चक्रेको जन्मदिन मनाउने क्रममा सडकमा स्कर्टिङ गर्नेदेखि सडकमै भिड जम्मा गरेर केट काटेका थिए। जन्मदिन मनाउने नाममा आतंक सिर्जना गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।