राजनीति

राप्रपाकी केन्द्रीय सदस्य सीता बस्यालद्वारा पार्टी परित्यागको घोषणा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य सीता बस्यालले पार्टीको साधारण सदस्यता समेत त्याग गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेकी छन् ।

बस्यालले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक घोषणा गर्दै अब आफू राप्रपामा नरहने स्पष्ट पारेकी हुन् ।

बिज्ञापन

उनले पार्टीमा रहँदा पाएको अनुभव, साथ, सहयोग र विश्वासप्रति आभार प्रकट गर्दै आगामी दिनमा पार्टीको प्रगति र सफलताको कामना गरेकी छन् ।

‘पार्टीमा रहँदा पाएको अनुभव, साथ, सहयोग र विश्वासप्रति आभार प्रकट गर्दछु,’ उनले लेखेकी छन्, ‘आगामी दिनहरूमा पार्टीलाई उत्तरोत्तर प्रगति र सफलताको शुभकामना व्यक्त गर्दै म मेरो औपचारिक जिम्मेवारीबाट अलग निर्णयमा पुगेकी छु ।’

बस्यालले राजीनामाको कारण खुलाएकी छैनन् । तर पछिल्लो समय राप्रपाभित्र आन्तरिक असन्तुष्टि बढिरहेको सन्दर्भमा उनको निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।