घटना

रुपनीमाथि लोहोरो प्रहार गरी पुनः ज्यान लिने प्रयास

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका ७ इटहरी टोलकी ३६ वर्षिया रुपनी देवी शर्मा मसला पिस्न प्रयोग गरिने लोहोरोको प्रहारबाट गम्भीर घाइते भएकी छिन । 

उनीमाथि मङ्गलवार राती ११ बजे छिमेकी रामेश्वर मण्डल र उनका छोरा शिवाले लोहोरो प्रहार गरेको पीडित परिवारले जनाएको छ । घरमा कोही नभएको बेला आफू माथि लोहोरो र लट्ठीले आक्रमण भएको पीडित घाइते रुपनीले बताएकी छिन । 

बिज्ञापन

रुपनीको टाउकोमा ६ वटा टाँका लगाइएको छ भने शरीरको अन्य भागमा समेत लोहोरो र लट्ठीले हानेको घाउ छ । छिमेकी रामेश्वर र उनका छोरा शिवाले आक्रमण गर्नुका कारण एउटा गलत मनसाय र अर्को यस अघिको एउटा मुद्दामा अदालतबाट सजाय ठहर हुनु रहेको उनको भनाई छ । उनीमाथि रामेश्वरले दोस्रो पटक यसरी ज्यानै मार्ने गरी आक्रमण गरेका हुन । यस अघि २०७८ साल साउन २१ गते पनि उनीमाथि रामेश्वरद्वारा घाँटीमा घरेलु हतियार प्रयोग गरी ज्यानै मार्ने प्रयास भएको थियो । 

आफ्नो खेतमा लगाएको अन्नबाली रुपनीले पालेको बाख्राले खाइदिएको निहुँमा आवेशमा आई रामेश्वरले घरेलु हतियारले आक्रमण गर्दा गम्भीर घाइते भएकी उनको २ महिना सम्म उपचार चलेको थियो । उक्त मुद्दामा हालै सप्तरी जिल्ला अदालतले रामेश्वरलाई कसुरदार ठहर गरी १ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने ठहर गरिसकेको छ । 

उक्त फैसला कार्यान्वयनको तरखरमा रहेकै वेला रामेश्वरले मङ्गलवार राति दोस्रो पटक रुपनी माथि साङ्घातिक आक्रमण गरेका हुन । उर्मिलाले आप्mनो ज्यानै मार्ने योजनाका साथ रामेश्वर दोस्रो पटक यसरी मध्यरातका समयमा आक्रमण गर्न आएको सुनाइन । उनका श्रीमान् नन्दलाल रोजगारीका सिलसिलामा अहिले काठमाडौँमा छन् । 

घरमा कोही नभएको मौका छोपी फेरी पनि आक्रमण गर्ने योजना रामेश्वरले बनाएको चालपाएपछि आफुले फोन मार्फत १ घण्टा अगावै प्रहरीलाई सुरक्षाका लागी अनुरोध गरे पनी प्रहरी ढिलो आउँदा आफू साङ्घातिक आक्रमणमा पर्न बाध्य भएको उनको गुनासो छ । 

“रामेश्वरको योजना ’bout सबभन्दा पहिले प्रहरी र त्यसपछि प्रदेश सांसद किरण कुमारी साहलाई जानकारी गराएको उनको कथन छ । प्रदेश सांसद साहले रामेश्वरबाट हुन सक्ने सम्भावित खतरालाई ध्यानमा राखी घटना हुनु १ घण्टा अगावै रुपनीले आफूलाई फोन गरेको र लगतै आफूले जिल्लाका उच्च प्रहरी अधिकारीहरूलाई खबर गरी सुरक्षा व्यवस्थाका लागी अनुरोध गरेको सुनाइन । 

उनले प्रहरी चौकीबाट घटनास्थल केही दुरी मात्रको फरकमा रहेको भन्दै समयमै प्रहरी नपुग्दा रुपनीमाथी दोस्रो पल्ट साङ्घातिक आक्रमण भएको बताइन । उनले पनि रुपनीमाथी पटक पटक ज्यान मार्ने उद्देश्यले आक्रमण गर्ने छिमेकी मण्डल र उनका आफन्तलाई अविलम्ब पक्राउ गरी कडा कारवाही हुनु पर्ने माँग गरेकी छिन । 

अदालतबाट सोही प्रकृतिका कसुरमा एक पल्ट कसुरदार ठहर भइ कैद सजाय समेत तोकि सकिएका ब्यक्ती कैद सजाय भुक्तान गर्न नपाउदै पुनः त्यस्तै प्रकृतिका अर्को घट्नामा संलग्न हुनु आश्चर्यको विषय हो, सांसद साहले भनिन–यस्ता बेलगामलाई कानूनको पालना गराउने निकायले लगाम लगाउनु जरुरी छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।