सुदूरपश्चिम प्रदेश

कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँच जना घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । कैलाली कारागारमा कैदीबन्दीबीच झडप भएको छ । बिहीबार कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले झडपका क्रममा घाइते भएका पाँच जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताए । उनकाअनुसार उनीहरूको बारेमा विस्तृत विवरण  प्राप्त हुन बाँकी छ ।

बिज्ञापन

 कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जोडिएका तीन जनाको अन्यत्र सरूवा भएको बताए । उनीहरूलाई स्थानान्तरण गर्ने क्रममा विवाद हुँदा झडप भएको बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।