रवि लामिछानेलाई थुनामै राख्ने आदेश

बिगोबराबरको धरौटी बुझाउँदा पनि रवि लामिछानेलाई थुनामै राख्ने आदेश भएको छ। जिल्ला अदालत रुपन्देहीले उनलाई थुनामै राख्ने आदेश दिएको हो।
न्यायाधीश नारायण सापकोटाको इजलासले उनलाई थुनामै राख्ने आदेश दिएको हो। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिई ऐनको दफा ७१ बमोजिम आदेशको माग गर्दै लामिछानेले साउन १९ गते अदालतमा निवेदन दिएका थिए। उनले बिगोबराबरको रकम बैंक ग्यारेन्टी लिएर रिहाइ माग गर्दै अदालतमा निवेदन दिएकोमा त्यसलाई अदालतले अस्वीकार गरेको छ। लामिछानेको निवेदनमा सुनुवाइ गदै जिल्ला अदालतले ‘मागबमोजिम नहुने आदेश दिएको छ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
