राजनीति

नागरिक उन्मुक्ति संसदीय दलका नेतामाथि कारवाही, रन्जिताले संसदलाई दिइन् जानकारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीमाथि कारबाही गरेकी छन्।

पार्टीले सोधेको स्पष्टीकरणको समेत जवाफ नदिएको भन्दै चौधरीमाथि कारवाही गरेर संसदलाई जानकारी गराएकी छन्।

बिज्ञापन

पार्टीको संसदीय दलको नेताको भूमिकामा रहेको व्यक्तिले नपाएको महासचिवको ओहोदा उल्लेख गरी पार्टीको लेटरप्याड तथा छापको दुरुपयोग गरी पार्टीको हित विपरीत हुने गरी अवान्छनिय क्रियाकलाप गरेको भन्दै स्पष्टीकरण सोध्दा पनि चित्तबुझ्दो नदिएपछि फेरि माग्दा जवाफ नै नदिएको पत्रमा उल्लेख छ।

उनले संसदीय दलको नेताको भूमिकामा रहेको व्यक्तिले पार्टीको विधान विपरित केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको, संवैधानिक आयोगको रूपमा रहने निर्वाचन आयोगको बैठक निर्णय विपरीत पार्टीको महासचिव पद उल्लेख गरी पार्टीको छाप तथा लेटरप्याड दुरुपयोग गरी विभिन्न निर्णय एवम् पत्राचारहरू गरेको र दल त्याग गरेको एवम् केन्द्रीय कमिटी पदाधिकारी समेत नरहेका व्यक्तिलाई बैठकमा सामेल गराएको आरोप चौधरीमाथि लगाएकी छन्।

पछिल्लो समय नाउपामा संरक्षक रेशम चौधरी खेमा र अध्यक्ष श्रेष्ठ पक्षबीचको विवाद उत्कर्षमा पुगेको छ। रेशम पक्षले श्रेष्ठलाई अध्यक्षबाटै हटाएको भएपनि निर्वाचन आयोगले मान्यता दिएन।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।