आस्था /आध्यात्म

सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष मुम्बईको सत्संग कार्यक्रममा सरिक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मुम्बई, ३१ साउन । सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावल मुम्बईको सत्संग कार्यक्रममा सरिक हुनु भएको छ । हिजो १५ अगस्तमा मुक्ति पर्वको अवसरमा ठानाको किशननगरमा आयोजना गरिएको विशाल सत्संगलाई सम्बन्धोन गर्दै अध्यक्ष रावलले जुन प्रकारले मृगले कस्तुरीको सुगन्धलाई पाउन जंगल–जंगल दौडी रहेको हुन्छ तर त्यो चाहि आफूसंगै छ भन्ने कुरा त्यसलाई थाह हुँदैन, त्यो त्यसको नाभीमा नै रहेको हुन्छ, त्यस्तै प्रकारले हामी पनि परमात्माको खोजीमा भौतारी रहेका थियौं, अनेकौ मन, मन्दिर, मस्जिद, कावा–काशी, वन, नदी, पहाडमा खोजी रहेका थियौं तर आज सत्गुरुको कृपाले घरमै बसेर पायौं, उहाँले बताउनु भयो ।

उहाँले राजपिता जीको वचनको सहारा लिदै भन्नुभयो कि संसारमा दुई साथी हुने गर्दछन् एक नास्तिक र अर्को आस्तिक हुन्छन् । आस्तिकले परमात्मालाई मान्दछ भने नास्तिकले मान्दैन तर दुईटैमा के फरक छ भन्दा कुनै फरक छैन किनभने आस्तिकले परमात्मालाई मान्छ तर त्यसले परमात्मालाई जान्दैन । यसरी जुन परमात्माको हामी गुणगान गर्छौ त्यसलाई पहिले जान्नु जरुरी छ तब मात्र हामी सच्चा भक्ति गर्न सक्छौ र त्यसले जीवनलाई सार्थक मोडमा लिएर जान सक्छ । त्यसको लागि हामीले सत्गुरुको शरणमा आउनु जरुरी छ, उहाँले बताउनुभयो ।

बिज्ञापन

आफ्ना बालबालिकाहरुलाई राम्रो मान्छे बनाउने होडमा हुन्छौ तर त्यसको गल्ति हामी स्वयं नै गरिरहेका हुन्छौ । जस्तै कसैसंग कुनै चीज लिएका हुन्छौ र त्यो घरमा आएको खण्डमा आफ्ना बच्चाहरुलाई बुवा घरमा छैन भनेर झूटो कुरा गर्न सिकाई रहेका हुन्छौ वा मोबाईबाट आफू घरमा नभएर बाहिर रहेको झूटो खबर दिन्छौ, झूटोमा आफू र आफ्नो परिवारलाई फसाई रहेका हुन्छौ । आज सत्गुरुले हामीलाई सत्यताको पाठ पढाई रहनु भएको छ । सत्यतालाई सधैं आफ्नो व्यवहारमा लागु गर्न सिकाई रहेका छौ, यो सबै सत्गुरुको कृपा हो, उहाँले बताउनुभयो ।

आज १५ अगस्त भारतको स्वतन्त्र दिवस हो । सन् १८१६ मा कलकत्तामा सानो टेण्ट गाडेर भारतमा व्यापार गर्ने उद्देश्यले भित्रिएको ईष्ट ईण्डिया कम्पनीको शुरुवात भएको थियो, त्यसले विस्तारै पूरा भारत नै आफ्नो कब्जामा गर्न सफल भएको थियो, पछि त्यसबाट स्वतन्त्र भएपछि १५ अगस्तका दिन स्वतन्त्र दिवस मनाईने गरिन्छ । जुन प्रकारले कसैले एउटा सानो काँचो डब्बामा रंगी–बिरंगी सानो माछाको प्रजातिलाई हाल्ने गर्दछ, त्यसलाई खुराक र अक्सिजन पनि दिन्छ । ठुला भएपछि त्यसले ढुंगा पनि खान थाल्छ, पालकलाई जग्गा सानो भएको महसुस हुन्छ र त्यसलाई पोखरीमा छोड्छ । त्यसले तलावको मजा लिन थाल्छ र अर्को विहान गएर हेर्दा त्यो माछो जहाँ छोडिएको थियो त्यही वरिपरि घुमि रहेको हुन्छ किनकी त्यसलाई त्यस्तै किसिमको बानी बनिसकेको थियो । त्यस्तै प्रकार सत्गुरुले हामीलाई ब्रम्हज्ञानको माध्यमबाट अन्धकारबाट उज्योलोतिर लिएर आउनुभयो तर हामी फेरि त्यसै काम, क्रोध, लोभ, मोह, अहंकारको अन्धकारमा नै रुमल्लि रहेका छौ भने ब्रम्हज्ञान लिएको कुनै सार्थक नभएर हामी मुक्तिका हकदार हुन सक्दैनौ । बैकुण्ठको सुख त हामीलाई सत्गुरुको शरणमा पाईन्छ, उहाँले बताउनुभयो ।

मुक्ति पर्वको अवसरमा स्थानीय सन्तहरुको बाक्लो उपस्थिति रहनुको साथै मुम्बईमा रहेका नेपाली संगठनका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । स्मरण रहोस कि सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावल हाल मुम्बईमा आफ्नो स्वस्थ्य उपचारको शिलशिलामा मुम्बईमा हुनुहुन्छ र साथै त्यहाँका स्थानीय सन्तहरुको इच्छालाई स्वीकार गरेर मुम्बई र थानका विभिन्न ठाँउमा उहाँको उपस्थितिमा सत्संगको पनि आयोजना गरिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।