राष्ट्रिय समाचार

रवि लामिछानेलाई आयल निगमबाट निकालेर नक्खु कारागार लगियो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने नक्खु कारागार लगिएको छ। रुपन्देहीबाट काठमाडौं विमानस्थलबाट कारागारतर्फ लगिएको हो।

लामिछानेका समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलअगाडि जम्मा भएर बसेका थिए। तर, आयल निगमबाट निकालिएर नक्खु लगिएको हो।

बिज्ञापन

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले दिएको निवेदनको आधारमा हिजो कारागार विभागले सरुवा गर्ने निर्णय गरेको थियो ।

भैरहवाबाट लामिछानेलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको थियो। लामिछानेलाई स्वागत गर्नका लागि विमानस्थलमा पत्नी निकितासहित समर्थकहरू पुगेका थिए।

तल्लो बाटोबाट निकालेपछि अहिले लामिछानेका समर्थकलाई नक्खु कारागारतिर सोझिएका छन्। त्यहाँ पनि बाक्लाे भिड जम्मा भएर लामिछानेको पक्षामा नाराबाजी गरेका छन्। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।