राष्ट्रिय समाचार

विपिन जोशीको परिवारले भेटे इजरायली प्रधानमन्त्री नेतन्याहु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अघिल्लो सोमबारदेखि इजरायलमा रहेका विपिन जोशीका परिवारले मंगलबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेटवार्ता गरेका छन्। नेपाली राजदूत धनप्रसाद पण्डितको साथमा विपिनकी आमा पद्मा र बहिनी पुष्पाले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन्।

प्रधानमन्त्री कार्यालयमा करिब आधा घण्टा भएको भेटमा प्रधानमन्त्री नेतन्याहुले विपिनको खोजीका लागि हरसम्भव प्रयास जारी रहेको जानकारी दिए। उनले विपिनको अवस्था अज्ञात रहेकोमा इजरायल सरकार र जनता दुःखी रहेको पनि बताएका थिए।

बिज्ञापन

‘प्रधानमन्त्रीसँग सौहार्दपूर्ण छलफल भयो। हामी भेटवार्ता सकेर निस्केका छौँ,’ इजरायलका लागि नेपाली राजदूत पण्डितले भने, ‘हामी र तपाईँको सरकारले सक्नेसम्म प्रयास गरिरहेका छौँ। हाम्रो प्रयास जारी रहन्छ भन्नुभएको छ।’

परिवारजनले यसअघि राष्ट्रपति आइज्याक हरजोग, सभामुख अमिर ओहाना, विदेशमन्त्री गिदोन साअर, प्रधानमन्त्रीका सल्लाहकार, इजरायली डिफेन्स फोर्स (आइडिएफ)का प्रमुख जनरल रभ अलुफ इयाल जमिरसँग भेट गरिसकेका छन्।

०८० असोज २३ (७ अक्टोबर २०२३)मा हमास समूहको अपहरणपछि प्यालेस्टाइनको गाजामा बन्धक बनाइएको विश्वास गरिएका कञ्चनपुरका विपिनको अवस्था अझै यकिन छैन। इजरायल सरकारको व्यवस्थापन र कार्यतालिकामा  गएका विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले सबै इजरायली अधिकारीलाई विपिनको छिटो खोजी गरिदिन अनुरोध गरेका छन्।

सबै भेटवार्तामा सहभागी नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार राष्ट्रपतिदेखि सेनाप्रमुख सबैले विपिन जोशीसहित हमासको बन्धक अवस्थामा रहेका सबैजनाको मुक्तिका लागि इजरायल र विश्व समुदाय नै प्रयत्नशील रहेको बताएका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।