सुदूरपश्चिम प्रदेश

बयलपाटा अस्पताल सञ्चालन गर्न चिकित्सकसहित ५७ पदमा दरखास्त आह्वान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले बयलपाटा अस्पताल, अछाममा आवश्यक जनशक्ति करार सेवाबाट भर्ना गर्न खुला प्रतियोगितामार्फत आवेदन आह्वान गरेको छ।

मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार कुल ५७ पदमा दरखास्त माग गरिएको हो। जसअन्तर्गत चिकित्सकदेखि प्राविधिक, स्वास्थ्यकर्मी, प्रबन्धक तथा प्रशासनिक सहयोगीसम्मका पदहरू समावेश छन्। सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद्बाट स्वीकृत दरबन्दी अनुसार बयलपाटा प्रादेशिक अस्पताल सञ्चालनका लागि कर्मचारी माग गरिएको हो। प्रदेश सरकारले अस्पताल सञ्चालनको ऐन तयार पारेर अछामको बयलपाटा अस्पताल भदौ १ गतेबाट प्रदेश सरकारको मातहतबाट सञ्चालन गर्दै आएको छ।

बिज्ञापन

सार्वजनिक सूचनामा उल्लेख भए अनुसार माग गरिएका पदहरूमा एमडि, फिजिसियन, सर्जन, एनेस्थेसिया, अप्थाल्मोलोजी, गायनाकोलोजी, पेडियाट्रिक, महिला स्वास्थ्य अधिकृत, डेन्टल सर्जन, अस्पताल व्यवस्थापक, ल्याब टेक्निसियन, फार्मेसी अफिसर, स्टाफ नर्स, एनेस्थेटिक सहायक, रेडियोग्राफर, कम्प्युटर अपरेटर, हेल्थ असिस्टेन्ट, आयुर्वेद सहायक, सामुदायिक स्वास्थ्य अधिकृतलगायतका पद रहेका छन्।

आवेदन दिने अन्तिम मिति आगामी भदौ २३ गतेसम्म तोकिएको छ। उम्मेदवारहरूले तोकिएको ढाँचामा आवेदन फारम भरि सामाजिक विकास मन्त्रालयको इमेलमा पठाउनुपर्नेछ।योग्यता सम्बन्धी विवरणअनुसार स्वास्थ्य सेवाका अधिकांश पदमा सम्बन्धित विषयमा स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरेको र नेपाल स्वास्थ्य व्यवसाय परिषद् वा सम्बन्धित परिषद्बाट दर्ता भएको प्रमाणपत्र अनिवार्य चाहिनेछ। अस्पताल व्यवस्थापक पदका लागि भने हेल्थ केयर म्यानेजमेन्ट वा हस्पिटल एड्मिनिस्ट्रेसनमा मास्टर डिग्री गर्नुपर्नेछ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।