घटना

पूर्वपत्नीलाई कुट्ने इन्सपेक्टर पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । पूर्वपत्नीलाई निर्घात कुटपिट गरेको गरेको आरोपमा एक इन्सपेक्टर पक्राउ परेका छन् । 

जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले इन्सपेक्टर दिनेश गुरुङलाई पक्राउ गरेर अनुसन्धानका लागि ५ दिनको म्याद पाएको छ । ललितपुर जिल्ला अदालतले मंगलबार गुरुङमाथि जबरजस्ती करणी र ज्यान मार्ने उद्योग अनुसन्धानका लागि ५ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपीले जानकारी दिए । उनले हात्तीवनमा रहेको डेरामा गएर पूर्वपत्नी शुभद्रा दाहालमाथि निर्घात कुटपिट गरेको बताइएको छ । 

बिज्ञापन

प्रहरी प्रधान कार्यालयमा कार्यरत गुरुङले केही समयअघि दाहालसँग सम्बन्ध विच्छेद गरेका थिए । तर आफ्ना बच्चाहरूसँग बस्दै आएकी दाहालमाथि गुरुङले शुक्रबार साँझ मरणासन्न हुने गरी गरी कुटपिट गरेको प्रहरीको भनाइ छ । त्यसपछि दाहालले आफूमाथि कुटपिट भएको भन्दै फेसबुकमा फोटो राखेर सहयोगको याचना गरेकी थिइन् । उनले कुटपिटबाट आफू रगताम्मे भएको फोटो समेत सार्वजनिक गरेकी थिइन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।