राजनीति

रुपन्देहीमा नाउपालाई अर्को झट्का, यसअघिका उम्मेदवारसहितका नेता कार्यकर्ता जनमतमा प्रवेश

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता नभएर संकटमा परेको नागरिक उन्मुक्ति पार्टीका प्रभावशाली नेता तथा यसअघि उम्मेदवार बनेर राम्रो मत ल्याएका नेता कार्यकर्ताले पार्टी छाडेर अर्को झट्का थपेका छन् ।

गत प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही १ मा नाउपाको उम्मेदवार रहेका धनीराम चौधरीसहितका नेता तथा कार्यकर्ताहरूले आइतबार जनमत पार्टीमा प्रवेश गरेका हुन् । रुपन्देही क्षेत्र नं ३ को सियारीका धनीराम अहिले नाउपाबाटै यो क्षेत्रको दावेदारसमेत रहेका थिए ।

बिज्ञापन

आइतबार रुपन्देहीको सियारी गाउँपालिकाको हनैयामा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा सीके राउतले चौधरीलगायतलाई पार्टी प्रवेश गराएका हुन् ।

लुम्बिनी प्रदेश अध्यक्ष राजेन्द्र गुप्ताका अनुसार नवप्रवेशीहरूमा थारु कल्याणकारी एवं थरुहट सङ्घर्ष समितिका प्रदेश सचिव कमल नारायण चौधरी, नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला महिला अध्यक्ष सरस्वती थारु, प्रदेश सदस्य गौरी यादव र केन्द्रीय सदस्य श्रीरामकुमार चौधरी रहेका छन् ।

गत निर्वाचनमा रुपन्देही–१ बाट धनीराम चौधरीले करिब १४ हजार मत प्राप्त गरेका थिए । कार्यक्रममा अध्यक्ष राउतले नवप्रवेशीहरूलाई उचित जिम्मेवारी दिने र राजनीतिक भविष्यको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

निर्वाचनको मिति नजिकिँदै जाँदा नेताकार्यकर्ताहरू दल परिवर्तनतर्फ लाग्न थालेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।