किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

भद्रपुर (झापा) । यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ तथा डरत्रास देखाएर करणी प्रयास गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँका ७१ वर्षीय पहलमान पौडेल खत्री र ५५ वर्षीय रत्नबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार दुवैलाई भदौ ५ गते बेलुकी करिब ६ बजे पाथीभरा सामुदायिक वनमा किशोरीलाई जबरजस्तीकरणी गर्ने प्रयास गरेको आरोपमा पक्रा गरिएको हो ।

घटनाबारे भदौ ८ गते प्रहरीमा जानकारी प्राप्त भएपछि नियन्त्रणमा लिएर आज जिल्ला अदालत झापाबाट पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिइएको प्रनाउ खड्काले बताए । -रासस
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
