स्वास्थ तथा सरसफाइ

हैजा फैलिएपछि वीरगन्ज महानगरका विद्यालय भदौ १३ सम्म बिदा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

समुदायस्तरमै हैजा फैलिएपछि वीरगन्ज महानगरपालिकाभित्रका विद्यालयहरू १३ भदौसम्म बन्द गरिने भएको छ।

संक्रमणलाई ध्यानमा राखेर भदौ ११ देखि १३ गतेसम्म सामुदायिक र संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको महानगरले जनाएको छ। यसअघि महानगरले आइतबार र सोमबार महानगरभित्रका सामुदायिक र निजी विद्यालयहरू सञ्चालन नगर्न आह्वान गरेको थियो।

बिज्ञापन

मंगलबार एक सूचना जारी गर्दै महानगरले विद्यालय बन्द हुने अवधिसम्म सेवा क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रममा खटाउने निर्णय गरेको छ।

हैजा नियन्त्रणसम्बन्धी पोस्टर, पम्प्लेट तथा जनचेतनामूलक सामग्रीहरू शैक्षिक प्रशासन महाशाखाले विद्यालयहरूलाई उपलब्ध गराउने महानगरले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।